Lite Nepal

शनिबार, पुष १९, २०८२

ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ताप्लेजुङले एमाले उपमहासचिव योगेश भट्टराईसहित ५ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको छ ।

शनिवार बसेको जिल्ला कमिटी बैठकले योगेश भट्टराई, तिलकुमार मेन्याङ्वो, छितिज थेबे, टंक आंबुहाङ लिम्बु र भीमा ओझाको नाम सिफारिस गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष दिपेन पोमुले जानकारी दिए ।

उनीहरूको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट ५ जनाको नाम सिफारिस भएपछि अब प्रदेश र केन्द्रमा नामका विषयमा छलफल भई निर्णय हुने छ ।

यस अघिका निर्वाचनमा ताप्लेजुङबाट योगेश भट्टराई उम्मेदवार भएर निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं