काठमाण्डौ। ‘धुरन्धर’ फिल्म हलमा लाग्यो र अत्यन्तै चर्चा पायो। बक्स अफिसमा १ करोड ३५ लाखभन्दा बढी संकलन गर्यो।
नेटफ्लिक्समा आएपछि मैले पनि हेरेँ। कथा हो पाकिस्तानी ग्याङ्स्टार अब्दुल रहमान बलोच उर्फ रेहेमान डकैतको, जसको टाउकोको मोल ५० लाख तोकिएको थियो।
फिल्म उत्कृष्ट छ, तर सत्यतासँग मेल खाँदैन। सन् २००८ मा भारतीय बन्धक र आङ्ककारीबीच भएको संवाद राखिएको हुँदा यो पूर्ण सत्य कथा जस्तो लाग्छ।
तर वास्तविकता यस्तो छ: रेहेमान डकैतलाई पाकिस्तानी प्रहरी एसएसपी अस्लाम चौधरी नेतृत्वको टोलीले इन्काउन्टर गरेको थियो।
फिल्ममा भने भारतीय अन्डरकभर रणवीर सिंह पाकिस्तानी आतंकवादीको साम्राज्यमा घुसेर सबैलाई मार्छन् र अन्त्यमा रेहेमानलाई कुटी मारिन्छ। वास्तविक प्रहरीको भूमिका फिल्ममा खतम पारिएको छ।
धुरन्धर फिल्म पाकिस्तानसहित साउदी, दुबई, कुवेत, कतार, बहराइन र ओमानले प्रतिबन्ध लगाएको छ।
अब बीबीसीको डकुमेन्ट्री ‘Shot Like Enemies: Inside Nepal’s Gen Z uprising’ को कुरा आउँछ।
बीबीसीले सुरु गर्छ: “जेन्जी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन्। तर तिनीमाथि अश्रूग्यास र गोली प्रहार गरिन्छ।” तर सुरुवातको भिडियोमै सुनिन्छ, “भिड बिथोल्यो के केटाहरूले!”
भारतीय फिल्मकर्मीहरूले पाकिस्तानलाई जुन तरिकाले प्रस्तुत गर्छन्, बीबीसीले नेपाल प्रहरीलाई त्यस्तै देखाएको छ।
प्रहरीमाथि हमला भएको दृश्य मात्र देखाइयो, प्रहरी रक्षात्मक अवस्थामा कसरी पुगेको हो भन्ने विषय उजागर भएन।
डकुमेन्ट्रीमा प्रहरीलाई अपराधीको रूपमा प्रस्तुत गरियो, जसले आत्मबल घटाउने काम गर्छ।
आइजीपीको वास्तविक आदेश र आवाज डकुमेन्ट्रीमा छैन, जसले भ्रम सिर्जना गरेको छ।
डकुमेन्ट्रीले नेपाल प्रहरीलाई बदनाम बनाएको छ र देशलाई असुरक्षित देखाएको छ। सामाजिक सञ्जालमा भिडियोहरू सुरक्षित छन्।
डकुमेन्ट्रीले जेन्जी पार्टीको चुनावी हतियार तयार पार्ने सामग्री जस्तो काम गरेको देखिन्छ।
बीबीसीले प्रहरीमाथि प्रयोग भएको ‘आवश्यक बल’लाई ‘घातक बल’ जस्तो देखाएको छ।
२४ गतेको आगजनी, तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट भएको दृश्य गर्वका साथ प्रस्तुत गरिएको छ, तर प्रहरीमाथि आक्रमण भएको दृष्य स्पष्ट छ।
अन्त्यमा, यदि बीबीसीले वास्तविक डकुमेन्ट्री तयार पारेको भए, देश खरानीपछि प्रहरी र उनीहरूको परिवारको स्थिति पनि समेटिन्थ्यो। तर यस्तो सामग्रीले जेन्जी पार्टीलाई लाभ पुर्याएको देखिन्छ।
