Lite Nepal

मंगलबार, फाल्गुण १९, २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा फेला परेको एक शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा निष्कृय पारेको छ।
महानगरपालिकास्थित व्यस्त सडक किनारमा बेवारिसे अवस्थामा राखिएको उक्त वस्तु देखेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो र सम्भावित जोखिमलाई ध्यानमा राख्दै क्षेत्रलाई घेरा हालेर सर्वसाधारणको आवतजावत नियन्त्रण गरिएको थियो।

उक्त वस्तु बम हुन सक्ने आशंकामा मोरङमा तैनाथ नेपाली सेनाको श्री शिवदल गण बाट बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको थियो।
सेनाको विशेषज्ञ टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै प्राविधिक जाँचपछि उक्त शंकास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
घटनापछि अवस्था सामान्य बनाइएको छ भने सुरक्षाकर्मीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा