Lite Nepal

बुधबार, फाल्गुण २०, २०८२

ताप्लेजुङ । आठराई त्रिवेणि गाउँपालिका ३ हाङपाङ पन्चमीमा फेरी शंकास्पद वस्तु फेला परेको छ।

बुधबार बिहानै शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको टोली पुगेको छ। मङ्गलबार पनि शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलिले निष्क्रिय बनाएको थियो ।

मंगलबार आधा दिन तनाव भएको थियो । यस्तो वस्तुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई दौडधुप गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार बुधबार पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

मङ्गलबार इनर्जी ड्रिङ्कको बट्टामा माटो भरी प्लास्टिकको पाइपभित्र राखी त्यसमा पनि माटो भरी बिजुलीको तार जोडेर राखिएको वस्तु रहेको सेढाइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा