Lite Nepal

शनिबार, चैत्र १४, २०८२

काठमाडौं । जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहान निवासबाटै पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।

दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले जानकारी दिए ।

शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगले गरेको कारबाहि सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखकलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा