Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो ।

पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं