Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना प्रक्रियाअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ।

मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका भर्ना गतिविधि सुरु हुनु अघि निजी रूपमा सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रमहरू रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

मन्त्रालयको धारणा अनुसार ब्रिज कोर्स र तयारी कक्षाहरूले विद्यार्थीको मनोवैज्ञानिक अवस्थामाथि प्रतिकूल असर पार्ने तथा शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रयासमा बाधा पुर्‍याउने देखिएको छ। साथै, यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक भार सिर्जना गर्ने भएकाले नियन्त्रण आवश्यक भएको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं