Lite Nepal

मंगलबार, चैत्र १७, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग गरिँदै आएको छलफल श्रृंखलालाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्रीले यसअघि कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद गरिसकेका थिए। सोही क्रमलाई अघि बढाउँदै मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिएको हो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको हो, जहाँ सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधिहरू सहभागी छन्।

सरकार प्रमुखले प्रदेशगत रूपमा सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रगत समस्या, प्राथमिकता र विकाससम्बन्धी विषयमा जानकारी लिने उद्देश्यसहित यस्तो छलफल अघि बढाइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा