प्रतिनिधि सभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
सभामुखमा एकल उम्मेदवारी परेकोले अर्याल निर्विरोध भएका हुन्। उम्मेदवारी दर्ताको समय शुक्रबार दिउँसो २ बजेसम्म तोकिएको थियो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
प्रवक्ता गिरीका अनुसार, अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ। प्रतिनिधि सभाले प्रस्ताव पारित गरेपछि अर्याललाई सभामुखको रूपमा घोषणा गरिनेछ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थक सांसदमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
