Lite Nepal

मंगलबार, बैशाख ०१, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

फेसबुकमाफर्त शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दु:ख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् ।

प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै उनले लेखेका छन्, ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दु:खभाग् भवेत् ॥’

उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं