Lite Nepal

बुधबार, बैशाख ०२, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा विभिन्न दलका सांसदहरूले आ-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं