Lite Nepal

बिहिबार, बैशाख ०३, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका ‘हाई प्रोफाइल’ व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् ।

प्रहरीले एकपछि अर्को गर्दै ‘हाई प्रोफाइल’ पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाएका हुन् । आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार साँझ गृह मन्त्रालयमा सुरक्षा बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा गृहमन्त्री गुरुङले उक्त असन्तुष्टि पोखेका हुन् ।

“मैले सुरुआतदेखि नै एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको थिए । तर, अदालतबाट रोकियो,” गृहमन्त्री गुरुङले भने, “अब कसरी अगाडि बढ्ने विषयमा कानुन अध्ययन गरिरहेको छु ।”

गुरुङले गृहमन्त्रीको कार्यभार सम्हालेलगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका थिए । त्यस्तै, पूर्वमन्त्री दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतको आदेशबाट उनीहरू थुनामुक्त भएका छन् ।

उनले सम्पत्तिको विवरणका विषयमा पनि प्रस्टीकरण दिए । बुबाबाजेदेखि नै अंशवण्डा नभएकाले सबै विवरण देखाउँदा विवरण बढी देखिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं