Lite Nepal

बुधबार, साउन २०, २०८३

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

को हुन् याङ्की याङ्की ?

नवनियुक्त सीईओ याङ्की उक्या विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छिन् ।

याङ्कीले बेलायतको अक्सपोर्ट विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी (एमपीपी) गरेकी छन् ।

उनको विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, जलवायु तथा हरित अर्थतन्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास र डिजिटल रूपान्तरणमा खास कार्यानुभव छ ।

सिफारिस समितिले उक्याबसँगै मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। सर्टलिस्टमा परेका आठ योग्य उम्मेदवारहरूमध्येबाट सरकारले उक्याबको अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक पृष्ठभूमि हेरेर उनलाई छनोट गरेको हो ।

काठमाडौंकी स्थायी बासिन्दा उक्याबको शैक्षिक र व्यावसायिक यात्रा निकै प्रभावशाली छ । उनले विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं