Lite Nepal

बिहिबार, साउन २१, २०८३

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पनि काठमाडौँ उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई रु १० हजार जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नभएको पाइएकाले सो फर्मलाई जरिवाना गरिएको विभागको भनाइ छ । यस्तै, काठमाडौँको गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई रु पाँच हजार जरिवाना गरेको छ ।

साइबाबा ग्यास उद्योग कलङ्कीलाई ग्यास वितरणमा सहजीकरण गर्न निर्देशन दिइएको छ । चन्द्र विनायक ग्यास स्टोर चाबहिललाई नियमित रुपमा सरल र सहज रुपमा खाना पकाउने ग्यास वितरण गर्न तथा अनिवार्य रुपमा बिल विजक जारी गर्न निर्देशन दिइएको छ ।

कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अन्य व्यावसायिक फर्मलाई भने विभागले सुधारात्मक निर्देशक दिइएको छ । फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक आवश्यक निर्देशन र कारबाही गरिएको विभागको प्रष्टोक्ति छ ।

उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थितिमा कालाबजारी नियन्त्रणमा विभागले सक्रियताका साथ अनुगमन गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं