Lite Nepal

बिहिबार, साउन २१, २०८३

झापा । मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु. दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले विभिन्न प्रकारका मोबाइलका सहायक सामग्री र बालबालिकाका कपडा बरामद गरेको हो । प्रहरीका अनुसार मोबाइलका सहायक सामग्रीको मूल्य रु. दुई लाख ५५ हजार ४२५ बराबर छ । यस्तै, बालबालिकाका कपडाको मूल्य रु. १० हजार ६०० बराबर छ ।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं