Lite Nepal

आइतबार, साउन २४, २०८३

तेह्रथुम । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनःस्थापनामा पहुँच बढाउने उद्देश्यले जिल्लामा क्रियाशील करुणा फाउन्डेसनले एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार गरेको छ।

फाउन्डेसनका अनुसार हालसम्म एक हजार ७६३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। यस्तै, महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण तथा परिचालन, अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य शिविर र अल्पकालीन सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन्।

जिल्लाका छवटै स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रमका लागि हालसम्म एक करोड ७४ लाख ११ हजार रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक केदार भण्डारीले जानकारी दिए।

प्रदेश तथा स्थानीय सरकार र करुणा फाउन्डेसनको समन्वयमा आर्थिक वर्ष २०८१/८२ देखि जिल्लाका सबै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिको पहिचान, स्वास्थ्य सेवा, पुनःस्थापना, शिक्षा तथा सामाजिक समावेशीकरणमा पहुँच बढाउने काम भइरहेको फाउन्डेसनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं