Lite Nepal

आइतबार, साउन २४, २०८३

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिएका छन् ।

६५ वर्षीय सिंह शुक्रबारदेखि हराएका थिए ।

उनले प्रयोग गर्दै आएको मोटरसाइकल शनिबार भेटिए पनि उनको अवस्था भने अज्ञात थियो ।

प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा आज उनको शव फेला पारेको हो ।

सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । त्यसको केही समयपछि उनले आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिराएको भनेर फोन गरेका थिए । त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं