Lite Nepal

आइतबार, साउन २४, २०८३

विराटनगर । मौलिक संस्कृति, पहिचान तथा आदिवासी जनजातिका अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।


नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद्, विराटनगरको आयोजनामा विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजातिको भाषा, लिपि, भेषभूषा, कला, संस्कृति तथा संस्कारको संरक्षण र प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।

महासंघले आफ्ना समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तालाई आदिवासी जनजातिको भाषा, संस्कृति र परम्परासँग जोड्नुपर्नेमा जोड दिएको छ। कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने जनाइएको छ।

महासंघ महानगर समन्वय परिषद्का अनुसार कार्यक्रमसँगै तेस्रो नगर अधिवेशन समेत आयोजना गरिएको छ। अधिवेशनमार्फत महानगर क्षेत्रमा आदिवासी जनजातिको हक, अधिकार, पहिचान र सांस्कृतिक संरक्षणका विषयमा छलफल तथा आगामी कार्यदिशाबारे योजना बनाइने जनाइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको थियो ।

तस्बिर श्रोत : भलि सुब्बा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं