काठमाडौं । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतको आदेशसँगै सम्बन्धित निकायलाई श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप तीन दिनको समय प्राप्त भएको हो।
श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा गर्न अदालतबाट उक्त म्याद थपको अनुमति लिइएको जनाइएको छ।