Lite Nepal

सोमबार, भाद्र २२, २०८३

काठमाडौं । रुससँगको युद्धका बीच युक्रेनले एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर उठाउने तयारी गरेको छ।

प्रस्ताव लागू भए सरकारलाई वार्षिक करिब २ करोड ५० लाख डलर अतिरिक्त आम्दानी हुने अनुमान छ। यो रकमबाट करिब ३० हजार ड्रोन खरिद गर्न सकिने सांसदहरूको भनाइ छ।

युक्रेनको संसद्ले वयस्कबीच सहमतिमा बनाइने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने विधेयक पहिलो वाचनमा पारित गरिसकेको छ।

सरकारले यसबाट कर आम्दानी बढ्नुका साथै भ्रष्टाचार, ब्ल्याकमेल र घूसखोरी घट्ने तथा प्रहरीलाई गम्भीर अपराधमा केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

बालबालिकासँग सम्बन्धित यौन अपराध भने कडा कानुनी दायरामै रहनेछन्। युक्रेनले युद्धका कारण ठूलो रक्षा बजेट अभाव झेलिरहेका बेला अतिरिक्त आम्दानीका स्रोत खोजिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं