Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्।

नेपालस्थित आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। यद्यपि, भेटमा भएका विषयवस्तु तथा छलफलका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरेपछि स्वदेश फर्किन लागेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं