Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताए ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ ।

महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् । यस्तै, असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं