Lite Nepal

बुधबार, आश्विन १४, २०८३

दुबई । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्।

सीएनएनले विश्लेषण गरेको उडान ट्र्याकिङ डेटाअनुसार पूर्वीय समय (ईटी) अनुसार बिहानको १:२० बजे विमान महज दुई मिनेटभित्र ३४ हजार फिटको उचाइबाट १७ हजार ४ सय फिटले घटेर करिब १६ हजार ६ सय फिटमा झरेको थियो। त्यसपछि ईटी समयअनुसार बिहान १:३२ बजे विमानबाट आपत्कालीन सङ्केत पठाइएको थियो।

एक इजरायली अधिकारीले यो घटना अपहरण नभएको स्पष्ट पार्दै विमानभित्र चालक दलका कर्मचारीहरूबीचको आन्तरिक विवाद भएको आफूहरूले बुझेको जानकारी दिए।

आपत्कालीन सन्देश प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले उच्चस्तरीय सुरक्षा परामर्श गरेका थिए। इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले सीएनएनलाई दिएको जानकारीअनुसार आपत्कालीन सन्देश प्राप्त हुनासाथ इजरायली लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं