Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसद्मा पेस गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ। समितिले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र विश्वसनीय बनाउन धितोपत्र निष्कासनदेखि बजार सञ्चालन, नियमन र लगानीकर्ता संरक्षणसम्मका निकायको भूमिका तथा जवाफदेहिता स्पष्ट गर्न भनेको छ।

आईपीओ अनुमति दिनुअघि कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, संस्थापक सेयर स्वामित्वको व्यवस्था पुनरवलोकन गर्न तथा नेप्सेको पुनर्संरचना प्रक्रिया तीव्र बनाउन पनि निर्देशन दिइएको छ।

त्यस्तै, नेप्सेको अनलाइन ट्रेडिङ, नेटवर्क तथा डाटा प्रणालीमा देखिएका समस्या समाधान गर्दै प्रविधि स्तरोन्नति र साइबर सुरक्षा मजबुत बनाउन भनिएको छ। दोस्रो बजारमा हुने कर्नरिङ, सर्कुलर ट्रेडिङ र पम्प एन्ड डम्पजस्ता कृत्रिम चलखेलको निगरानी बढाई दोषीमाथि तत्काल कारबाही गर्न पनि निर्देशन दिइएको छ।

लामो समयदेखि रिक्त नेप्से र सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं