Lite Nepal

शनिबार, आश्विन १७, २०८३

मेष : दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ ।

वृष : दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ ।

मिथुन : दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ ।

कर्कट : दिन शुभ नहुँदा सजग रहनु बेस । चोटपटकको डर, पढाइमा समस्या आउन सक्छ ।

सिंह : दिन शुभ फलदायक छ । सुख–शान्ति, धन लाभ, उत्तम भोजन प्राप्ति होला ।

कन्या : थोरै मेहनतमा कार्य सिद्धि, विविध वस्तु वा सेवा प्राप्ति, शारीरिक स्वस्थता हुनेछ ।

तुला : समयको प्रभावले राज्यबाट तनाव, पढाइ वा काममा बाधा नहोला भन्न सकिन्न ।

वृश्चिक : सजग रहनु नै बेस । काममा व्यवधान, धन र समयको नोक्सानी हुन सक्छ ।

धनु : शुभ समयले गर्दा समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धन लाभ होला ।

मकर : पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, लाभको सम्भावना देखिन्छ ।

कुम्भ : समय त्यति शुभ देखिँदैन । कार्यनाश, स्वास्थ्य बाधा, विवाद, चिन्ता हुन सक्छ ।

मीन: आफन्तमा विवाद, दिनचर्या अस्तव्यस्त, झुटो आरोप लाग्न सक्ने हुँदा सजग रहनुस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं