काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ। बैठकको समापन समारोहमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विभिन्न विपद्का घटनामा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको क्षमता र व्यावसायिकताको प्रशंसा गरे।
उनले आगामी दिनमा समेत तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए। बैठकमा हालसम्म सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

