Lite Nepal

शनिबार, आश्विन १७, २०८३

सिरिया । सिरियाको उत्तरी सहर अलेप्पोस्थित पाँचौँ शताब्दीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सेन्ट सिमियन कम्प्लेक्स १४ वर्षको लामो बन्दपछि पर्यटकका लागि पुनः सञ्चालनमा आएको छ ।

युद्ध र प्राकृतिक प्रकोपका कारण थलिएको यो पुरातात्त्विक सम्पदाको पहिलो चरणको पुनर्स्थापना कार्य पूरा भएसँगै सेप्टेम्बरको अन्त्यदेखि पर्यटकका लागि ढोका खुला गरिएको हो ।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश एन्सिन्ट भिलेज अफ नर्दन सिरियाको एक महत्त्वपूर्ण अंगका रूपमा रहेको सेन्ट सिमियन, प्रारम्भिक क्रिस्चियन अनुयायीहरूका लागि लामो समयदेखि श्रद्धाको केन्द्र रहँदै आएको छ ।

पाँचौँ शताब्दीमा निर्मित यो स्थलमा क्रिस्चियन तपस्वी सेन्ट सिमियन द स्टाइलाइटले एउटा खम्बामाथि बसेर साधना गरेको विश्वास गरिन्छ ।

सिरियाको दशक लामो द्वन्द्वका कारण यो क्षेत्र लामो समय सर्वसाधारणका लागि बन्द रह्यो । यस अवधिमा स्थलले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।

सन् २०१६ मा भएको हवाई आक्रमणका कारण सेन्ट सिमियनको मुख्य खम्बा र चर्चका केही भाग भत्किएका थिए ।

त्यसपछिको सन् २०२३ को विनाशकारी भूकम्पले कमजोर अवस्थामा रहेका संरचनाहरूलाई थप क्षति पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं