Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ ।

रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४१३ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै, पहिचान नभएको १ हजार ४३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २२६ जना व्यक्तिहरूलाई राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं