Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ।

प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बिहान ११:१५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्य योजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।

समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेका छन्। जसमध्ये दुई वटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर हालिएका छन् भने पाँच वटा उजुरी निश्चित प्रस्तावित व्यक्तिहरूलाई मात्र लक्षित गरी परेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं