Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।

कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा १५ औं महाधिवेशनको बन्दसत्रबाट स्वीकृत पद समेत समायोजन गरी कायम गरिएको व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिका पदमा निर्वाचन गरिने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद र संख्या

१. सभापति एक

२. वरिष्ठ उपसभापति एक

३. उप–सभापति एक महिला, एक समावेशीसहित चार

४. महामन्त्री एक महिलासहित तीन

५. खुल्ला दुई, महिला एक, आदिवासी जनजाती एक, दलित एक, मधेशी एक, खसआर्य एक, थारु एक, मुस्लिम एक र पिछडिएको क्षेत्र एक र अल्पसंख्यक समुदाय्अपाङ्गता भएका व्यक्तिबाट एक समेत निर्वाचित गरेका सह–महामन्त्री एघार जना

६. केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनित एक महिलासहित चार सहमहामन्त्री र कोषाध्यक्ष एक

७. सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यबाट मनोनित प्रवक्ता एक र आवश्यकता अनुसार विषयगत रुपमा सह प्रवक्ता

८. प्रत्यक्ष निर्वाचित गरेका पैँतालीस जना सदस्य

९. महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष निर्वाचित गरेका पन्ध्र जना सदस्य

१०. प्रत्येक प्रदेशबाट एक जना महिला सहित चार जना रहने गरी प्रत्यक्ष निर्वाचित गरेका अठ्ठाईस जना सदस्य र काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई

११. दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिला र एक मधेशी दलितसहित चौध जना

१२. आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि मध्येबाट आठ महिलासहित २० जना

१३. खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिलासहित अठार जना

१४. मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिलासहित तेह्र जना

१५. थारु महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित छ जना

१६. मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित पाँच जना

१७. पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित दुई जना

१८. अपसंख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट एक जना

१९. अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना

२०. श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना

२१. पेशागत विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिहरु मध्येबाट दुई महिलासहित सात जना सदस्य

२२. युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनेगरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुल्ला सात जना गरी एक्काइस जना सदस्य

२३. नेपाली जन सम्पर्क समितिकाबाट दुई महिला खुला र तोकिए बमोजिमका क्षेत्रबाट निर्वाचित हुने पाँच गरी सात जना

२४. प्रजातन्त्र सेनानी, शहिद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधि मध्येबाट शहिद परिवार एकसहित तीन जना सदस्य

२५. केन्द्रीय सभापतिले मनोनित छैसट्ठी जना

२६. प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं