Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा मात्र व्याख्या गर्न नमिल्ने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेको छ।

तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा निर्वाचन परिणामलाई पार्टीको आन्तरिक कमजोरीसँगै तत्कालीन राजनीतिक परिस्थिति, मतदाताको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमको प्रभाव र संगठनात्मक अवस्थाको समग्रतामा विश्लेषण गरिएको छ।

अपानिमा निर्वाचनको हार बाह्य कारणको मात्र परिणाम नभएको स्वीकार गर्दै पार्टीभित्रका कमजोरीलाई पनि त्यसको कारक मानिएको छ। तर त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि मात्रै केन्द्रित गर्न नहुने निष्कर्ष प्रस्तुत गरिएको छ।

एमालेको तेस्रो केन्द्रीय कमिटीले ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो। पार्टीले उक्त प्रतिवेदनलाई तल्लो तहसम्म लागू हुने नीतिका रूपमा अघि बढाएको छ।

अपानिमा अध्यक्ष ओलीले निर्वाचन परिणाममा अध्यक्षका रूपमा आफ्नो हिस्साको जिम्मेवारी स्वीकार गरेका छन्। तर पराजयपछि नेतृत्वबाट अलग हुनुपर्ने तर्कलाई भने उनले स्वीकार गरेका छैनन्।

“अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ। तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,” अपानिमा ओलीको भनाइ उद्धृत गरिएको छ।

यससँगै निर्वाचन परिणामपछि एमालेभित्र उठेको नेतृत्व पुनर्गठनको बहसका बीच ओलीले तत्काल अध्यक्षबाट अलग नहुने सन्देश दिएका छन्।

गत निर्वाचनपछि एमालेभित्र नीति र नेतृत्व पुनर्गठनको विषय बहसमा आएको थियो। तेस्रो केन्द्रीय कमिटी बैठकअघि पनि निर्वाचन पराजयको समीक्षा र नेतृत्व पुनर्गठन बैठकका प्रमुख राजनीतिक मुद्दामध्ये थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं