Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको शेयर कारोबार भएको छ ।

लिबर्टी इनर्जीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखाको ९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका हुन् ।

सालपा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं