काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। थापाले सोमबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
यसैबीच, वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ता गर्नबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ।

