धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले विष्णुमाया सिघक र गणेश साम्पाङलाई ‘फोनिज पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।
फोनिजको २७औँ स्थापना दिवसका अवसरमा साँगुरीगढी गाउँपालिका–थुम्कीमा आयोजित कार्यक्रममा उनीहरुलाई जनही १० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

फोनिज प्रदेश अध्यक्ष विजयबोध लावतीका अनुसार पहिचानका विषयमा निरन्तर कलम चलाउने पत्रकारलाई समितिले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईसहित विभिन्न पत्रकार तथा फोनिजका पदाधिकारीले पुरस्कृत पत्रकारद्वयलाई बधाई दिएका थिए। सोही अवसरमा आदिवासी जनजाति पत्रकारिता तालिमसमेत सञ्चालन गरिएको थियो।
