Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्र आज सञ्चालन हुँदैछ। पार्टीले यसपटक बन्द सत्रलाई महाधिवेशनस्थलमा प्रवेश पाएका सबैका लागि खुला गर्ने निर्णय गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्द सत्रको कार्यक्रम पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। अन्य सञ्चारमाध्यमलाई समेत कार्यक्रम लाइभ गर्न अनुमति दिइएको उनले बताए।

बन्द सत्रमा सभापति गगन थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि बाँकी छलफल हुनेछ। छलफलपछि ती प्रस्ताव र प्रतिवेदन पारित गर्ने कांग्रेसको तयारी छ।

सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कार र आर्थिक व्यवस्थापनलगायत विषयमा सुझाव दिएका छन्। बाँकी धारणा समेटेर आजै प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।

बन्द सत्रको औपचारिक समापनअघि सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको निर्वाचन प्रक्रियातर्फ अघि बढ्नेछ।

यसपटक सभापति पदका लागि गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं