Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १०ः ३० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

खुलामञ्चमा तय गरिएको बन्द सत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो ।

बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर आजै पारित गर्ने तयारी छ ।

यसअघि प्रस्तुत भएको सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

छलफल पूरा भएपछि प्रस्ताव तथा प्रतिवेदन पारित गरिने र भोली नयाँ नेतृत्व चयन गरी अघि बढ्ने कांग्रेसको तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं