Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव सुधाकर दलेलालाई प्रस्ताव गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि भारतले दलेलालाई नयाँ राजदूत बनाउन लागेको हो ।

दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र भुटानस्थित भारतीय कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालेका छन् ।

दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत थिए ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई समेत दलेलाको नियुक्तिबारे विदेश मन्त्रालयले जानकारी गराएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं