Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

विराटनगर । प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज २१ गते झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ का दीपककुमार साह, दमक–२ का निक्सल देवान, दमक–५ का राहुल गुरुङ र कमल गाउँपालिका–४ का अरुण राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ बाट प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी तरहराबाट खटिएको टोलीले सोही स्थानका अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१८ बाट भारतको अररियाका प्रवेशकुमार साह र सुरेशकुमार साहलाई २४ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं