काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार ६ बजे सम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ७५ आफन्तहरूको गरी कुल ३ हजार ३ सय ८७ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ ।
साथै पहिचान नभएको १ हजार ४ सय ३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ३१ जना व्यक्तिहरूलाई राखिएको छ ।