Lite Nepal

सोमबार, आश्विन २६, २०८३

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।

लुम्बिनीको हिमाली क्षेत्रमा पनि वर्षा वा हिमपात हुन सक्नेछ।कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा समेत हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं