Lite Nepal

सोमबार, आश्विन २६, २०८३

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सातौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवाका लागि सूचना प्रकाशित गरेको हो।

आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० बमोजिम योग्यता पुगेका उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ।

इच्छुक तथा योग्य उम्मेदवारले कात्तिक २४ गतेसम्म दरखास्त दिन सक्नेछन्।

अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिनसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं