विराटनगर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट गर्ने सम्भावना रहेको बताएका छन्। ट्रम्प फिलिपिन्समा हुने आसियान शिखर सम्मेलन र चीनको सेन्जेनमा हुने एपेक शिखर सम्मेलनमा सहभागी हुँदै छन्।
पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘यो एसियाली भ्रमणका क्रममा किम जोङ उनसँग भेट्ने सम्भावना छ?’ जवाफमा ट्रम्पले भने, ‘म उहाँलाई भेट्न सक्छु… यो एक रोमाञ्चक भेट हुनेछ। उहाँसँग मेरो राम्रो सम्बन्ध छ।’

उल्लेखनीय छ- आफ्नो पहिलो कार्यकालमा ट्रम्पले किम जोङ उनसँग तीनपटक प्रत्यक्ष भेट गरेका थिए। पहिलो भेट जुन २०१८ मा, दोस्रो फेब्रुअरी २०१९ मा र तेस्रो जुन २०१९ मा भएका थिए।
