विराटनगर। रुसी नाटककार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशन रहेको उक्त नाटक यसअघि काठमाडौंमा मञ्चन भइसकेको छ।
शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी तथा आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो। नाटक आगामी २०८३ साल असोज २८ गते अपराह्न ५ बजे तथा असोज २९ गते दिउँसो १ बजे र अपराह्न ५ बजे मञ्चन हुनेछ।

विराटनगर–८, हाटखोलास्थित सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाटकका लागि टिकट दर रु. ३००, रु. ५०० र रु. १,००० निर्धारण गरिएको छ।
