Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । पाकिस्तानको पन्जाव प्रान्तको मुल्तान जिल्लामा मंगलवार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

कराचीबाट पेशावरतर्फ जाँदै गरेको ‘रहमान बाबा एक्सप्रेस’ रेलका १४ वटै डिब्बा लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको हो । प्रहरी स्रोतकाअनुसार मंगलबार बिहान रेल दुर्घटनामा परेपछि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्कालै नजिकैको अस्पतालमा पुर्‍याएर उपचार शुरु गरिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

दुर्घटनालगत्तै सो खण्डमा रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ । अलपत्र परेका यात्रुहरूलाई सुरक्षित रूपमा पेशावरसम्म पुर्‍याउनका लागि रेलवे विभागले अर्को विशेष रेलको व्यवस्था गरेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ र भत्किएका रेलका डिब्बाहरू हटाउने काम भइरहेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट रेल किन र कसरी लिकबाट बाहिरियो भन्नेकुरा स्पष्ट हुन सकेको छैन ।

प्राविधिक त्रुटि वा लिकको खराबीका कारण यो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। सम्बन्धित अधिकारीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठनको तयारी गरिरहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं