Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ ।

आज १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको हो । हिजोको तुलनामा आज कारोबार रकम बढेको हो ।

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १३ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं