काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ ।
बुधबार राति पोखरीबाट प्रहरीले ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव निकालेको हो ।

जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार, ती पुरुषको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ ।

पहिचान भने अझै खुलेको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पुरुषले पोखरीमा हाम फालेर आत्महत्या गरेको खुलेको छ ।
आफूले लगाएको ज्याकेट पोखरीको एक साइडमा राखेर हाम फालेका थिए ।
प्रहरीले राति १० बजे उनको शव पोखरीबाट निकालेका थिए ।