विराटनगर । आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य घटेको थियो । शुक्रबार मूल्य बढेको हो ।
आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोे थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।