Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन्।

बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलान्जर गाउँपालिका ७ ट्रायल सेन्टर अगाडि बस दुर्घटना भएको हो।

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकेको थियो।

खाना खाइसकेपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा बस सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको शुभजीवन अस्पताल खुर्कोट र सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट उद्धारका लागि तत्काल टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं