Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्‌मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएकी हुन् ।

प्रमुख सचेतक थापाले कानुनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेन्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरिन् ।

“कानुनमन्त्रीज्यू आफैँले हिजो राख्नुभएको संशोधन, हिजो राम्रो, राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने धेरै कुराहरू उब्जिएको छ,” उनले भनिन् ।

नेपाली कांग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसद्‌को सार्वभौम मञ्चबाटै बृहत् छलफल गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं