Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदुरको उद्धार गरिएको छ ।

भारतस्थित नेपाली दूतावासको समन्वय, ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको पहल साथै भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा उनीहरुको उद्धार गरी नेपाल पठाइएको हो ।

दूतावासले किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशी र सोही संस्थाका प्रदीप कुमार सिंहसँग समन्वय गरी बन्धक बनाइएकाहरुको सुरक्षित उद्धार, रिहाइ तथा स्वदेश फिर्ती सुनिश्चित गर्न आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन आग्रह गरेको थियो ।

दूतावासको आग्रहपछि कार्यकारी निर्देशक जोशीको अगुवाइमा नेपाली नागरिकहरू पशुपति कुमार राम, राजनेश यादव र गणेशकुमार यादवलाई राइस मिलमा बन्धक बनाइएको अवस्थाबाट उद्धार गरिएको थियो ।

उनीहरु सिरहाका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं